स्थानीय आवश्यकताअनुसार तालमेल हुन्छः नेपाली कांग्रेस

बुधबार, बैशाख २०, २०७४



काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदावार मनोनयन कार्य सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकता अनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सकिने जनाएको छ ।

उम्मेदवार मनोनयन सम्पन्न भइसकेको अवस्थामा पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले अन्य पार्टीसित निर्वाचनमा तालमेल गर्न सक्दछन् काँग्रेसले भनेको छ ।

निर्वाचनका बारेमा काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा आज पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले अगामी वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको जानकारी दिएको छ ।

उपसमितिका संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आफूले रोजेको र आफूले खोेजेको उम्मेदवारलाई मतदान गर्न आम मतदाता उत्सुकतापूर्वक ३१ गतेको प्रतिक्षामा रहेको बताए ।

स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनसक्ने र अटाउनसक्ने गरी सरकारले व्यवस्थापिका संसद्मा संविधानको दोस्रो संशोधन प्रस्ताव पेस गरेको र संशोधन पारितसमेत हुनेमा उहाँले विश्वास व्यक्त गरे । संयोजक लेखकले आफ्नो पार्टीकातर्फबाट छिट्टै गृहमन्त्री मनोनयन हुने जानकारी समेत दिए ।

492 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank