कांग्रेस संसदीय दलको बैठक आज बस्दै

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments