काँग्रेस जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा लगाए ताला

बिहिबार, असार १२, २०७६



पोखरा । मेयर मानबहादुर जीसीको अभिव्यक्तिसँग रुष्ट काँग्रेस जनप्रतिनिधिहरुले पोखरा महानगरपालिकाको गेटमा ताला लगाएका छन् । महानगरपालिकाले नगरसभामा प्रस्तुत गरेको वार्षिक विवरण र मेयरको अभिव्यक्तिलाई लिएर काँग्रेस जनप्रतिनिधिहरुले उक्त कदम चालेको जनाइएको छ ।

गत बुधबार महानगरपालिकाले रेडबुक प्रस्तुत गरेको थियो । पोखरा महानगरपालिकाले गत मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेसँगै वितरण गरिएको रेडबुक बिना छलफल पारित गरिएको सन्दर्भमा जनप्रतिनिधि रुष्ट भएका हुन् । मेयर जीसीको धम्कीपूर्ण अभिव्यक्ति र बजेट नसच्चाए काँग्रेस आन्दोलनमा जान बाध्य हुने जनप्रतिनिधिहरुले जनाएका छन् ।

नगरपालिकाको गेटमा ताला लगाएसँगै सर्वसाधारण मानिसले सेवा पाउन बाट बन्चित भएको घटनाले सर्वसाधारण जनप्रतिनिधिहरुसँग रुष्ट हुन पुगेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank