नेपालद्वारा १ विकेटले मलेसिया पराजित

नेपालीलाई अर्को खुशी

आइतवार, पुस ३, २०७३

loading...


काठमाडौ । श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराएको छ ।

आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो ।

टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले मलेसियाबाट १५४ रनको मध्यम लक्ष्य पाएको थियो ।

मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए । मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए। रोहितकुमार पौडेल, शुभंकर उराउ र पवन सरार्फले १–१ विकेट लिए ।

१५४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर खेल्दै ९ विकेट गुमाएर विजयी भयो। नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाश कर्णले २९, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

666 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv