बाहिर निस्किन खोज्यो सेना, रक्षा मन्त्रीले जवाफ दिन सकेनन

बुधबार, माघ २६, २०७३

loading...

- दिपेन्द्र खड्का



काठमाडौँ । नेपाली सेनाले आगामी निर्वाचनमा सुरक्षाको चिन्ता नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानसेनापति राजेन्द्र थापाको नेतृत्वमा गएको सेनाका उच्च अधिकारीहरुको टोलीले सरकारलाई आवश्यक परेको चुनावा परिचालित हुनसक्ने जनाउ दिएको छ । हालै रक्षामन्त्री बालकृष्ण खाँणसंग भएको नियमित छलफलमा सेनाले सुरक्षाका हिसावले चुनौतिपूर्ण मानिएको संवेदनशिल क्षेत्रको सुरक्षाको जिम्मा आफुलाई दिन समेत माग गरेको स्रोतले जनायो । ‘वर्तमान अवस्थामा सुरक्षा संवेदनशील छ । नेपाली सेनाले सुक्षढंगले विश्लेषण गरिरहेको छ’ सनाले भनेको छ ‘आबश्यक परेको अवस्थामा सुरक्षाको सबै जिम्मा लिन नेपाली सेना तयार छ । ’

सुरक्षा थ्रेटकै आधारमा चुनावगर्न नमिल्ने अवस्था नहुनेमा सेनाले सरकारलाई विश्वास दिलाएको सेनाका एक उच्च अधिकारीले नेपालपाटीलाई जानकारी दिए । चुनावको निष्पक्षतामाथी प्रश्न उठ्न सक्ने भएकोले पारदर्शी चुनाव गराउने सरकारको लक्ष्य अनुसार परिचालित हुन तयार सेना तयार छ प्रधानसेनापतिको भनाई उदृत गर्दै सेनाका ती अधिकारीले भने, ‘नेपाली सेना देशको सार्वभौमसत्ता र अखण्डताको सुरक्षाका लागि संधै तत्पर र गम्भिर छ ।’

voting-in-nepal-election देशलाई विखण्डन ल्याउन खोजेको भन्दै सेनाले सीके राउतका विषयमा धारणा सार्वजनिक गरेको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले पनि राष्ट्रले सेनाको भूमिका आवश्यक ठानेको खण्डमा हामी परिचालित हुनसक्ने बताए । तर अहिले चुनावमा परिचालित हुने विषयमा छलफल नभएको पनि उनले बताए । ‘सेना राष्ट्र र राष्ट्रियताको सुरक्षाका लागि सधै तयार छ’ कार्कीले भने, ‘तर अहिले नै चुनावका विषयमा मधेसमा वा कुनै ठाउँमा परिचालित हुने विषयमा आधिकारीक छलफल भने भएको छैन । ’

स्रोतका अनुसार मन्त्री खाँणसंगको छलफलमा पछिल्लो समय तराई मधेशमा राष्ट्रिय अखण्डता विरुद्ध कतिपय व्यक्ती तथा समुहहरुले गतिविधी गरिरहेको प्रति आफुहरु गम्भिर भएको प्रधानसेनापति क्षेत्रीले भनाई राखेका थिए ।  उनको भनाई उद्यृत गर्दै ति सैनिक अधिकारीले भने ‘हाम्रो सरोकार राष्ट्रिय सुरक्षा र अखण्डता हो । यसमा सरकारको स्पष्ट भूमिका आवश्यक छ ।’

सेनाको निष्कर्ष : पुर्वी तराईमा गृह प्रशासनको भूमिका कमजोर

यसबीचमा सेनाले तराई मधेशमा रहेका आफ्ना पृतना, बाहिनी र गणहरुबाट त्यहाँको अवस्थाका विषयमा रिर्पोटिङ लिइसकेको छ । सेनाको रिपोर्टले बारादेखी पुर्व मोरङसम्मको अवस्था तरल रहेकोले गृह प्रशासनले सुरक्षा अवस्थालाई गम्भिर रुपमा नलिएको निष्कर्ष निकालेको छ । सेनाको रिपोर्ट अनुसार स्थानिय प्रशासनको मनोवल गिर्दो अवस्थामा छ । सेनाले स्थानिय प्रशासनको मनोवल बढाउन सकेको खण्डमा मात्र चुनाव विरोधी तत्वहरु निष्क्रीय बन्ने भएकोले जनपद प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई विशेष तालिम र बन्दोवस्तीका सामाग्री उपलब्ध गराउन समेत सुझाव दिएको छ ।

सिके राउत प्रवृक्ती घातक

सेनाले केहीवर्ष यता स्वतन्त्र मधेशका नाममा सिके राउत जस्ता केही व्यक्तीहरुले राष्ट्रिय अखण्डताका सवालमा प्रश्न उठाउन काम निरन्तर रुपमा गर्दै आएकोले यस गम्भिर रुपमा लिन सरकार समक्ष आग्रह गरेको छ । स्रोतले भन्यो ‘सिके राउत व्यक्ती मात्र नभएर एउटा आन्तरिक र बाह्य प्रवृक्ती हो । त्यसैले यस्ता शक्तीहरुलाई बेलैमा सच्चाउनुपर्छ । आन्तरिक मामिलालाई बाह्यकरण गर्दाको परिणाम हो यो ।’

मन्त्री खाँणले भने ‘ सोचेर भन्छु’

सेनासंगको छलफलपछी मन्त्री खाँणले राष्ट्रिय सुरक्षाको मामिलाका विषयमा आफुले मात्र जवाफ दिन नसक्ने भन्दै प्रधामन्त्रीसंगको छलफलपछी मात्र सेनाले उठाएका सरोकारहरुको सम्बोधन गर्ने आश्वासन दिएका थिए । चुनावमा सेनाको सहयोग लिने काम विगतमा पनि भएकोले त्यसलाई अन्यथा रुपमा लिन नहुने बताएको स्रोतले जनायो ।

सेनाको चेतावनी ‘राष्ट्रघाति काम गरे कटुुवालले जस्तै प्रधानमन्त्रीको कुर्सी खोसिन्छ’

6589 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv