खुल्यो नयाँ नागरिक समाज, संघीयता खारेजी र भ्रष्टाचार अन्त्य प्रमुख मुद्धा

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । मातृभूमिका लागी नेपाली नामक नयाँ नागरिक समाजको स्थापना भएको छ । मातृभूमी रक्षाको लागि भन्दै नयाँ नागरिक समाज स्थापना गरिएको हो ।

केशवप्रसाद भट्टराइको सभापतित्वमा शनिबार काठमाडौंको प्रज्ञाभवनमा महाभेला सम्पन्न गरिएको छ । महाभेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइँको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो ।

साथै बुद्ध प्रतिमाको नमन गर्दै देशका लागि लड्ने शहीदको स्मरण एवम् ‘गाउँछ गीत नेपाली‘’ गीतको गुञ्जनबाट भेलाले देशमा बढ्दै गएको भ्रष्टाचार अन्त्यका लागि अभियान थाल्नुका साथै संघीयता र धर्मनिरपेक्षता खारेजीको जस्ता एजेण्डाहरुलाई प्राथमिकता साथ जनतासामु लैजाने जनाएको छ । संयोजक देव प्रकाश त्रिपाठीले देशमा  राजनीतिकर्मीले देशलाई केन्द्रमा राखेर सोचिदिउन् भन्ने नेपालीको आशा टुटेकोले अभियान शुरु गरेको जनाएको छ ।

अदृश्य शक्तिको कब्जामा नेता, नेताको कब्जामा कार्यकर्ता र कार्यकर्ताको कब्जामा जनता परेकाले देश अवनति र अवसानतर्फ लागेको उल्लेख गर्दै त्रिपाठीले ०६२ सालयता मात्र विभिन्न आठ सय बुँदामा भएको सहमति र सम्झौताहरूले केबल नेताहरुको स्वार्थ रक्षा गरेको आरोप लगाए ।

भेलालाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मुलुकको धर्म–संस्कृति नास हुन लागेकोमा चिन्ता व्यक्त  गरे ।

देशका प्रमुख नेताहरू नै इसाइकरणको चङ्गुलमा फसेको आरोप लगाउँदै उनले यही गतिले इसाइको प्रभाव बढ्दै गए आठ–दश वर्षमै मुलुक इसाइमय भई मौलिक पहिचान गुम्ने ठोकुवा गरे । राष्ट्र बचाउने धर्म भनेको ओमकार परिवार बचाउनु रहेको तर्क गर्दै उनले हिन्दु राष्ट्र होइन पहिले हिन्दुत्वको रक्षा गर्नु अपरिहार्य रहेको सुझाव दिए । त्यसै गरि डा. केबी रोकायाले आफु इसाई रहेको तर मुलुकको रक्षाको निम्ती हिन्दु धर्म अनिवार्य हुनुपर्नेमा जोड दिए । साथै माओवादी आन्दोलनको क्रममा आफुले इसाइहरु माझ उनीहरुको पक्षमा आवाज पुर्याएको तर विगत चार वर्ष देखी आफु मुलकको रक्षाको चिन्तामा डुबेको बताए । मातृभूमीको रक्षाको निम्ती नेपाली सेनाको सबै भन्दा ठुलो भुमिका र जिम्मेवारी रहेको उल्लेख गरे ।

कार्यक्रममा वरिष्ट प्राध्यापक, समाजशास्त्री, अर्थशास्त्री, विभिन्न पेसा व्यवसायी र नागरिक अगुवाहरुको उपस्थिती रहेको थियो । साथै मातृभूमीका लागि नेपाली अभियानका देश विदेशका अगुवाहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

मातृभूमी नेपालका लागि अघि सारिएका एजेण्डाहरु

1

2

3

4

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank