महिला विश्वकप छनोट : आज नेपाल र हङकङ भिड्दै

आइतवार, फाल्गुन १२, २०७५



काठमाडौं । जारी ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपाल आज ‘आइतवार’ हङकङको सामना गर्दैछ ।

यी दुई टिमबीचको खेल बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हुनेछ । खेल नेपाली समयानुसार पौने एक बजेपछि शुरु हुनेछ । नेपाल प्रतिद्धन्दी हङकङलाई पराजित गर्दै जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।

नेपाल हङकङलाई हराएर शीर्ष ३ टोलीविरुद्ध अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको अंक तालिकाको नेपाल चौथो स्थानमा छ । हङकङ भने अंकविहीन छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालई ३४ रनले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित नेपालले तेस्रो खेलमा भने युएईलाई ७ विकेटले पराजित गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata