नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने

खप्तड गोल्डकपको आयव्यव सार्वजनिक

बुधबार, माघ १०, २०७४



धनगढी । नेपालमै पहिलो पटक धनगढीमा महिला गोल्डकपको आयोजना हुने भएको छ । सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले नेपालमै पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको हो । दोस्रो संस्करणको सुदरपश्चिम खप्तड गोल्डकपको आयव्यव सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिम ११ स्पोर्टस क्लवले महिला गोल्डकपको घोषणा गरेको हो । फागुन अन्तिम सातातिर आयोजनाको तयारी थालिएको महिला गोल्डकपको बिजेताले ५ लाख र उपविजेताले ढाई लाख नगद हात पार्नेछन् । सुदुरपश्चिम खप्तड महिला गोल्डकपमा ६ देशका विभिन्न स्थानका र दुई वटा विदेशी टीमहरुको सहभागीता रहने सुदरपश्चिम ११ स्पोर्टस क्लवका बरिष्ठ उपाध्यक्ष बावुराजा श्रेष्ठले जानकारी दिए ।

यता दोस्रो संस्करणको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको आयव्यव सार्वजनिक गरिएको छ । दोस्रो संस्करणवाट झण्डै एक लाख ६५ हजार बढी रकम घाटा भएको आयोजकले जनाएको छ । साढे ९१ लाख रकम खर्च भएकोमा एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले सार्वजनिक गरे ।

विभिन्न ३७ वटा शिर्षमा आम्दानी भएकोमा २१ वटा शिर्षकमा रकम खर्च भएको छ । मुख्य प्रायोजक सिजि गु्रप्रले सवैभन्दा वढी २० लाख रकम दिएकोमा १९ लाख टिकटबाट उठेको थियो । सह-प्रायोजक नेपाल टेलिकम र जगदम्बा स्टीलले ४-४ लाख रकम दिएकोमा विभिन्न व्यापारिक प्रतिष्ठान र संघ संस्थाहरुवाट पनि गोल्डकप आयोजना गर्नका लागि सहयोग भएको थियो । खर्च तर्फ सवैभन्दा बढी टिम व्यवस्थापन खर्चमा साढे ३३ लाख रकम खर्च भएको छ । त्यस्तै पुरस्कार खर्च २२ लाख भएको आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments