नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै श्रीलंका

मङ्लबार, मंसिर १७, २०७६



नेपाल । १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले  श्रीलंकाविरुद्ध १७३ रनको लक्ष्य पस्किएको छ ।

टियु क्रिकेट मैदान, किर्तिपुरमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार मानिएको श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ ।

खेलमा पूर्व कप्तान पारस खड्काले ५ बलमा १ रन बनाएर आउट भएका छन् भने कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा ३ चौका सहित २१ रन बनाएका छन्  ।  नेपालका उप कप्तान दीपेन्द्र सिंह ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए ।

यतिखेर श्रीलंका ब्याटिंग शुरु भएको छ । निसान मदुसंका र  पाथम निसंकाले संयुक्त रापमा २.३ ओभरमा २८  रन  बनाएका छन् ।

नेपालको टोलीमा आजको खेलमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल प्लेइङ ११ मा छैनन् । ओपनिङका लागि पुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार भएका छन् । नेपालले तीन तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, सुसन भारी, ललित नारायाण राजवंशी, विनोद भण्डारी(विकेटकीपर), पवन सरार्फ, अभिनास बोहोरा, आरिफ शेख ।

श्रीलंकाको प्लेइङ ११ :

चारिथा निसालंका(कप्तान), कामिन्दु मेन्डिस, निसान मदुसंका, आशिन बन्दरा, जेहान डानियल, काभिष्का अन्जुला, दिभान्दु तिलकरत्ने असिता फ्रनान्डो र सचिन्दु कोलाम्बाजे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata