ओमानलाई दबाबमा राख्दै नेपाल

बुधबार, माघ २२, २०७६



काठमाडौं । त्रिभुवन विश्वद्यालय कीर्तिपुरस्थित  क्रिकेट मैदानमा जारी खेलमा नेपालले बलिङमा आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेको छ  । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा नेपालले आफ्नो बलियो प्रदर्शन देखाईरहेको हो  ।

टस हारेर ब्याटिङ गरि रहेको ओमान ३७ ओभरमा १०८-५ को कमजोर अवस्थामा खेल खेलिरहेको छ ।

तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाए । तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे । शरद भेषवाकरले डाइरेक्ट प्रहार गरेको थ्रो स्टम नजिकैबाट बाहिरिएपछि रन आउट बाट जोगिएका थिए । तेस्रो ओभरका करणले १ रन दिदै थप दबाबमा राखे ।

करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । आठौं ओभरमा स्पिनर सन्दीप लामिछाने बलिङमा आएका थिए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल अझ हाबी बनेको हो ।

अकीबले ३४ बलमा २ चौका प्रहार गरे । पारस खड्काले १६ औं ओभर मेडन राखे । १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे । उनले ४० बलमा ४ चौका प्रहार गरे ।

अहिले सन्दिप गौड र मोहम्मद नादिम मैदानमा छन् ।

एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो। लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

त्रिकोणात्मक सिरिज माघ २९ गतेसम्म सञ्चालन हुनेछ । पछिल्लो पटक नेपाल र ओमान २०१८ मा डिभिजन–२ मा खेलेका थिए । जुन खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments