करण र सुसन चम्किए, नेपाल १९८ रनको लक्ष्य पछ्याउँदै

बुधबार, माघ २२, २०७६



काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा फास्ट बलर करण केसी र स्पिनर सुशन भारीको उत्कृष्ट प्रर्दशनम ओमानले घरेलु टिम नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रीवि क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको हो ।

ओमानका लागि मोहमद नादिमले अर्धशतकीय पारी खेले । ९६ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाए ।

नेपालका लागि करण केसीले चार र सुसन भारीले तीन विकेट दिलाउँदा दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट हात पारे।नेपालका लागि दिपेन्द्र ऐरीले सातौं विकेट लिए ।

नेपालका लागि करण केसीले ४८ औँ ओभरमा दुई विकेट लिए । नेपालका लेग स्पिनर सन्दीप लामिछानले भने कुनै विकेट लिएनन्।

पहिलो ओभरमै करण केसीद्वारा आफ्नो पहिलो विकेट गुमाएको ओमनले त्यसपश्चात खवार अलीलाई मैदानमा पठाएको थियो ।  अलीलाई आफ्नो दोस्रो विकेटको रुपमा केसीले क्याच आउट गराए ।

ओमानका अक्विब ल्यस तेस्रो विकेटको रुपमा रन आउट भए । उनलाई अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । त्यसपछिका  तीन विकेट सुशन भारीले लिए ।

१९ ओभर बलिङ गर्न आएका नेपालका ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् । सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् ।

आजको खेलमा नेपालका दुई युवा बलर सुसन भारी र अभिनाश बोहोराले नेपालबाट पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन्। डेब्यू खेलमै सुसनले सनसनीपूर्ण प्रदर्शन गरे।

लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्।

लिग-२ को सिजिज प्रतियोगिता भनेको सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका पनि हो। जसमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

टोलीका शीर्ष ३ टोली सोझै विश्वकप छनोट चरणमा पुग्नेछन्। समूहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ। नेपालको भने सिरिजमा यो पहिलो खेल हो।

समूहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments