नेपाल भारत आ-आफ्नै अडानमा

सोमवार, साउन १३, २०७६



काठमाडौं । नेपाल र भारतबीच नयाँ दिल्लीमा बसेको कोसी उच्च बाँधका विषयमा आआफ्नै अडान कसेपछि बैठक निश्कर्ष विहिन भएको छ ।

नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोत सम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यस अन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । छलफलमा नेपाल र भारतीय पक्षहरुले आआफ्नो अडान नछोडेपछि बैठक बिना निश्कर्ष टुङ्गीएको हो ।

बैठकमा नेपाली सरकारी अधिकारीले विराटनगरस्थित संयुक्त कार्यालयलाई हालको अबस्थामा कोसी बाँध अघि बढाउन नसकिने बताएका थिए । भारतीय पक्षले भने कोसी बाँध विराटनगरस्थित संयुक्त कार्यालयलाई नियमितता दिनु पर्ने अडान राखेका थिए ।

बैठकको नेपाली पक्षको तर्फबाट विद्युत् विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाल र भारतीय पक्षको तर्फबाट केन्द्रीय जल बोर्डका सदस्य आरके सिन्हाले नेतृत्व गरेका थिए । स्रोतका अनुसार यो समस्या उच्चतहबाट सुल्झाउनु पर्नेमा नेपाली पक्षले जोड दिएका छन ।

सन् १९९१ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा नेपाल–भारतबीच सप्तकोसी बहुउद्देश्यीय परियोजना र त्यसअन्तर्गत बन्ने उच्च बाँध सम्बन्धमा अध्ययन गर्दै त्यसको मोडालिटी तयार पार्न संयुक्त प्राविधिक विज्ञ समिति गठन गर्ने समझदारी गरिएको थियो ।

उक्त परियोजनाले नेपाली नागरिक बढी मारमा पर्ने भन्दै विरोध हुँदै आएको छ । स्थानीयहरुले कासी व्यारेज निर्माणले क्षती भएको भएपनि हाल सम्म कुनैपनि क्षतिपूर्ती नपाएको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata