नेपाल-भारत संयुक्त उर्जा बैठक आजबाट भारतमा

सोमवार, अशोज २७, २०७६



काठमाडौं । नेपाल-भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक सोमबारबाट शुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङ लगायतका विषयमा छलफलसहित सहमति जुटाउने तयारी छ ।

बैठकमा ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माण लगायतका विषयमा पनि छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सहभागी हुँदै छ । भारतीय टोलीको नेतृत्व भने त्यहाँका ऊर्जा सचिव एससी गर्गले गर्दै छन् ।
समितिको अघिल्लो बैठक माघमा नेपालमा भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata