महिला भलिबलमा स्वर्ण पदकका लागि नेपाल र भारत लड्दै

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । आइतबार देखि शुरु भएको १३ औं  साग अन्तर्गत  महिला भलिबलमा स्वर्ण पदकका लागि नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले साग महिला भलिबलको फाइनलमा प्रतिस्पर्धा गरेको यो पहिलो अवसर हो ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दिउँसो दुई बजेपछि हुनेछ । समूह चरणमा भारतले नेपाललाई ३–० को सोझो सेटमा हराएकाले पनि आज नेपालले स्वर्ण पदक जित्न भारतविरुद्ध कडा मेहनत गर्नुपर्नेछ ।

नेपाली टोली समूह चरणमा भोगेको पराजयको बदला लिदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो भने भारतले माल्दिभ्सलाई पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

यसअघि सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पराजित गरेर काश्य पदक जितेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata