हङकङविरुद्ध नेपालको निराशाजनक प्रदर्शन, जम्मा ९६ रनको चुनौती प्रस्तुत

मङ्लबार, भदौ १९, २०७५



काठमाडौँ । मलेसियामा जारी एसिया कप छनौटको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर जम्मा ९५ रन बनायो ।

प्रारम्भिक ब्याट्सम्यान सुुभास खकुरेल खाता नखोलि बोल्ड आउट भए । कप्तान पारस खड्का १४ रन र अनिल शाह ७ रन बनाएर क्रिजमा छन् । सुवास खकुरेल, सोमपाल कामी र ललित राजवंशीले खाता नै खोज्न सकेनन् । नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले १८ रन जोडे ।

अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंगापुर विरूद्धको जितपछि नेपालको फाइनल आस कायमै रहेको हो ।

262 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank