नेपाल र इङ्ल्यान्ड ‘सी’ बीच हुने खेल स्थगित

बुधबार, चैत्र ५, २०७६



काठमाडौं । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको असरका कारण नेपाल र इङ्ल्यान्ड ‘सी’बीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । नेपाल र ईङल्यान्ड ‘सी’बीचको खेल जेष्ठ १२ का लागि तय भएको थियो ।

खेल इङल्यान्डमा हुने कार्यक्रम रहेको थियो । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्थिति सामान्य नरहँदा सम्मका लागि खेल स्थगित भएको बताएको हो । दुई टोलीबीचको खेल होम र अवेको आधारमा हुने भनिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments