नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी सहमतिमा हस्ताक्षर

मङ्लबार, बैशाख ३१, २०७६



काठमाडौं । नेपाल र कम्बोडियाका बीचमा द्विपक्षीय व्यापार तथा लगानी सहमतिमा हस्ताक्षर भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा द्विपक्षीय लगानी सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए । उक्त सहमतिबाट नेपाल तथा कम्बोडियाको व्यापार व्यवसायमा दोहोरो लाभ मिल्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank