नेपालले मैत्रीपूर्ण खेलमा आज ताइपेसँग खेल्दै

बिहिबार, जेष्ठ २३, २०७६



काठमाडौं । नेपाली फुटबल टिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइवानको ताईपेमा हुने खेल नेपाली समयअनुसार बेलुका चार बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

पहिलो मैत्रीपूर्ण खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपाल चाइनिज ताइपेविरुद्ध सुखद नतिजाको पर्खाइमा छ ।

फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank