नेपाल लगातार दोस्रोपटक च्याम्पियन, पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको उपाधि जितेको छ ।

मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै फाइनल जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।

नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३७औं मिनेटमा भुटानका लागि छेटु ग्याल्जेनले गोल फर्काएर खेललाई  एक–एक गोलको बराबरीमा ल्याएका थिए।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यसअघि  नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।

फुटबलको यो फाइनलसँगै यो संस्करणको सागका सबै खेल सकिएका छन् । अर्को साग पाकिस्तानमा हुने तय भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments