टि–ट्वान्टी क्रिकेटमा नेपालको सर्वाधिक रन, नेपालले दिएको लक्ष्य पछ्याउँदै भुटान

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । राजधानीमा जारि दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज पाचौँ दिन भएको खेलमा पाली क्रिकेट टीमले अन्तराष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाएको छ । भुटान विरुद्ध पहिले व्याटिङ गरेको नेपाली टोलीले २३६ रन बनाएको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सतक प्रहार गरेका छन् । मल्लको टि–ट्वान्टीमा पहिलो शतक हो ।आज(बिहीबार) त्रिवि क्रिकेट मैदानमा भइरहेको भुटानविरूद्धको खेलमा कप्तान मल्लले ५२ बलमा सतक हाने । मल्लले ५ चौका र ९ छक्का प्रहार गरे । उनी १०७ रन हानेर आउट भए । कप्तान मल्लको शतकको मद्दतले नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ ।

यसअघि पूर्वकप्तान पारस खड्काले टी–ट्वान्टीमा सतक प्रहार गरेका थिए ।

निर्धारित २० ओभरमा नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए ।

रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन प्रहार गरे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

कप्तान मल्ल आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे ।

जितका लागि भुटानले २३७ रन बनाउनु पर्नेछ । हाल भुटानले जवाफी ब्याटिङ गरिरहेको छ । उसले ८.२ ओभर सकिदा तीन विकेटको क्षतिमा ३७ रन जोडेको छ  । करन केसी, पवन सराफ र ललित राजवंशी एक-एक विकेट लिएका हुन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments