नेपालले भुटानलाई ९५ रनमै समेट्दा १४१ रनले जीत

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं  । राजधानीमा जारि दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज पाचौँ दिन भएको खेलमा नेपाली क्रिकेट टीमले भुटानलाई निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा ९५ रनमै समेट्यो । भुटानलाई सस्तैमा समेट्नममा नेपाली बलरहरूको उत्कृष्ट योगदान रहेको थियो ।

नेपालको ब्याटिङमा पारस खड्काको अर्धशतक र ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले ठूलो लक्ष्य बनाउन सकेको थियो । पहिला ब्याटिङ गर्दै ३ विकेट क्षतिमा २३६ रनलाई पछ्याउने क्रममा भुटान ९५ रनमै समेटिन पुग्दा नेपालले १४१ रनको फराकिलो जीत हासिल गर्यो । यस अघि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

यो पनि पढ्नुहोस्,

टि–ट्वान्टी क्रिकेटमा नेपालको सर्वाधिक रन, नेपालले दिएको लक्ष्य पछ्याउँदै भुटान

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments