नेपाललाई ओमानसँग बदला लिने अवसर

आइतवार, माघ २६, २०७६



काठमाडौं  । क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्धको खेल नेपालले जितेको छ । यसअघि ओमानसँग पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल शुरुवातमा दबाबमा परे पनि पछि सम्हालिएर खेलेकाले जित दर्ता गराउन सफल भयो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पछ्याएकाे अमेरिका ४४ दशमलव १ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भयो ।

नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबीडब्लु आउट गरे ।

नेपालका विकेटकिपर विनोद भण्डारीले अमेरिकाविरुद्धको खेलमा अर्ध शतक पूरा गरे । यो उनको नयाँ रेकर्ड हो ।

विनोदले ६२ बलमा अर्ध शतक पूरा गरी रेकर्ड बनाएका हुन् । ओडीआई करिअरको पहिलो अर्ध शतक पूरा गर्न सफल विनोदले ६२ बल फाल्दा ५ चौका र १ छक्कासहित ५० रन बनाए ।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल सुरुमै दबाबमा परेको थियो । तीन ओभरमै चार विकेट गुमाएर हारतिर लम्किेको नेपालले विनोदकै अर्धसतकपछि अमेरिकालाई दबाबमा राखेको छ ।

कुशल मल्ल ५० रनको कीर्तिमानी योगदान दिँदै क्याच आउट भए । ३६औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कुशल पनि ओडीआईमा सबैभन्दा सानो उमेरमा अर्ध शतक पूरा गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् ।

एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपालले ओडीआईमा गरेको यो उच्च साझेदारी पनि हो ।

खेलअघि बोल्दै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अघिल्लो खेलमा जस्तो गल्ती नदोहोर्याउने बताएका थिए । उनले पहिलो खेलमा नेपाली टोलीको घेरै कुरामा कमजोरी भएको हुनाले जित्न लागेको खेल पनि गुमाउनु परेको बताए ।

“पहिलो खेलमा हाम्रो कमजोरी धेरै ठाउँमा भयो । अघिल्लो खेलमा भएको कमजोरीलाई नदोहोर्याउने पक्षमा हामी छौं । हामीले फिल्डिङ र ब्याटिङको कुरामा धेरै ध्यान दिन आवश्यक छ । घरेलु मैदान भएकाले हामीलाई धेरै कुरामा सहज छ । यो अवसरलाई हामीले गुमाउनु हुँदैन,” कप्तान मल्लले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments