अफगानिस्तानलाई नेपाल दियो १९५ रनको चुनौती

शनिबार, फाल्गुन २६, २०७४



विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १९४ रन बनाएको हो ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा जारी खेलमा नेपालले आफ्नो सुरुवाती विकेटको रुपमा अनिल शाहलाई गुमाएको थियो ।

प्रतियोगितामा दुवै राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । अफगानिस्तानले तीन र नेपालले दुई खेलमा हारको सामना गरेका छन् । प्रतियोगिताको दाबेदार टोलीमध्ये एक अफगानिस्तान खराब फर्ममा गुज्रिरहेको छ । गणितीय आधारमा नेपालको सुपर सिक्स पुग्ने सम्भावना छ ।

261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank