नेपाल यूएईविरुद्ध ब्याटिङ गर्दै

शनिबार, चैत्र ३०, २०७५



काठमाडौं । आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत नेपाल आज आफ्नो दोस्रो खेल यूएईसँग खेल्दै छ ।

मलेसियाको किनरारा एकेडेमी ओभल-  क्वालालाम्पुर भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।  नेपालको लागि  ब्याटिङ  गरिरहेका पवन सर्राफ  ९ बलमा एक चौका प्रहार गर्दै आउट भएका छन् भने रित गौतम र आशिष सैख १४ रनको साझेदारी गरिसकेका छन् । मलेसियाका लागि  मोहम्मद फराजुद्दीनले विकेट लिएका हुन् ।

जारी प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी मानिएको यूएईलाई हराउन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेटमा छनोटको हुने नेपालको सम्भावना बलियो छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank