दसैंअघि नै मुख्य २२ सहरमा टेलिकमको फोरजी

आइतवार, अशोज ५, २०७६



नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैअगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीले आगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ अहिले काम तीव्र गतिमा अगाडि बढाएको छ ।

पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नगरहने गरी ‘कभरेज’ पुर्याउँदै छ ।

टेलिकमको फोरजी/एलटीई परियोजना १८ अर्ब रुपैयाँ लागतको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata