नेपाल टेलिकमको नयाँ वर्ष अफर, २ सयमा ३ जीबी डाटा

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७६ सार्वजनिक गरेको छ ।

नयाँ वर्षलाई लक्षित गर्दै २ सय रुपैयाँको ‘प्याक अफर’ योजना सार्वजनिक गरेको छ। नेपाल टेलिककको सेवा लिएका सेवाग्राहीले २ सय रुपैयाँ खर्च गर्दै प्याक खरिद गरेपछि ३ जिबी इन्टरनेट डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहनेछ। सो प्याक २०७५ चैत ३० देखि २०७६ बैसाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ। प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नुपर्नेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank