अष्ट्रेलिया टी–ट्वान्टी : सन्दीप लामिछानेको खेल्ने सम्भावना बलियो

शुक्रबार, पुस ४, २०७६



काठमाडौं । युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले आज(शुक्रबार) पहिलो खेल खेल्दै छ ।

शुक्रबार मेट्रिकन स्टेडियममा हुने खेलमा लामिछाने आबद्ध मेलबर्नले ब्रिसबेनसँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्नले हिजो(बिहिबार) गरेको १३ सदस्यीय घोषणा सूचीमा सन्दिप लामिछानेको पनि नाम समाविष्ट गरेको छ ।

टोलीमा नेपाली स्टार लामिछाने भएकाले पनि नेपाली समर्थकको चासो धेरै छ । पहिलो खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना उत्तिकै छ ।

आज ११ खेलाडीले खेल्नेछन् । सन्दीप सम्मिलित टिमको कप्तानी ग्लेन म्याक्सवेलले गरेका छन् ।  टी–ट्वान्टी क्रिकेटमा सन्दीप कम इकोनमी र विकेट लिने खेलाडीमा चिनिन्छन् । सन्दीप गत सिजनमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments