नेपालले भारत, बंगालादेश सहित खाडी मुलकलाई पानी बेच्ने

शुक्रबार, बैशाख ६, २०७६



काठमाडौं । नेपाल जलस्रोतको दोस्रो धनी राष्ट्र हो । नेपालका नदीनालामा खेर गईरहेको पानी अब नेपालले खाडी मुलुक र छिमेकी राष्ट्र भारत र बंगालादेशलाई निर्यात गर्ने भएको हो ।

शुक्रबार खानेपानी मन्त्रालयले एक अन्तरक्रिया कार्यकम मार्फत पानी निर्यात गर्ने तयारी भइरहेको जनाएको छ । नेपालमा करिब ८५ प्रतिशत पानी खेर गइरहेकाले प्रशोधन गरेर पानी निर्यात गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तेजराज भट्टका अनुसार पानी निर्यातका लागि १४ हिमस्रोत र १० नदीको पानी प्रशोधन गरेर बेच्न सकिने बताएका छन् ।

हिम नदीको पानी स्प्रिङ वाटरकोरूपमा खाडी देशमा बेच्न सकिने र नदीको पानी प्रशोधन गरेर तराईमा ७० प्रतिशत वितरण गर्ने र बाँकी प्रतिशत पानी पाइप मार्फत बेच्न सकिनेछ । पानीको उत्पादन तथा सार्वजनिक निजी साझेदारी अवधारणामा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata