नेपालको खेल पुर्वाधारमा सहयोग गर्ने रशियाको प्रतिवद्धता

मङ्लबार, माघ १८, २०७३



काठमाडौ । रशियाले नेपालको खेल क्षेत्रको विकासका लागि आधुनिक पुर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपाल ओलाम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको नेपाली टोलीसंग रूसको काजान शहरमा टाटसॅतान रिपब्लिकनको युवा तथा खेलकूद प्रथम सहायक मन्त्री माननीय खालिल सयखुदिनोभले यस्तो प्रतिवद्धता जनाएका हुन ।
उनले नेपाल रशियाको पुरानो मित्र भएकोले खेल क्षेत्रको पुर्वाधार विकासमा सहयोग गर्ने बताए ।
नेपाली टोलीसंगको छलफलमा  रसीयन ओलम्पिक कमिटीका महासचिव तथा सांसद महाराठ र एशियन चिल्ड्रेन गेम्स का अध्यक्ष डिमिट्रि ग्लुस्को लगायतको सहभागिता रहेको थियो ।

छलफलमा नेपाली टोलीका तर्फबाट एनओसी अध्यक्ष श्रेष्ठ,  युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, सहसचिव चुडामणि पौडेल, राखेपका ईन्जिनीयरहरु अरूण उपाध्याय रतिलोतंमा वस्याल र साम्वोका धनन्जय श्रेष्ठ लगायतको सहभागिता थियो ।
भेटमा रशियन अधिकारीहरुले नेपाली खेलाडीहरूलाई प्रशिक्षणको अवसर दिने, छात्रबृत्ति उपलब्ध गराउन समेत तयार रहेको बताएको एनओसी अध्यक्ष श्रेष्ठले नेपालपाटीलाई बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata