नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार पनि खुला रहने

शनिबार, पुस २९, २०७४

loading...


काठमाडौं । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।

राष्ट्र बैंकका अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ ।

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!