भावी आईजीपीका लागि सिलवाललाई दिए चन्दले कडा टक्कर, नेपालका शक्ती केन्द्रदेखि दिल्लीसम्मको दौडधुप

loading...

सोमवार, पुस २५, २०७३

- भगवान खड्का



काठमाडौ ।वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी सकिन एक महिना बाँकी हुँदै गर्दा नयाँ आइजीपीका लागि दौडधुप सुरु भएको छ ।

उनीपछि वरियतामा रहेका चार नम्बरसम्मका डिआईजीहरु आइजीपी बन्न दौडधुपमा लागेका छन् । नियमित कार्यालयको काम छाडेर उनीहरु शक्ति केन्द्रमा धाउन थालेका छन् ।
वर्तमान आईजिपी उपेन्द्रकान्त अर्यालको नियमित कार्यकाल फागुन २ गते सकिदैछ । उनी कम्तिमा १५ दिनअघि विदामा बस्ने तयारीमा छन् । अर्यालपछि नेपाल प्रहरीको भावी आईजिपीमा वरियतामा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाल छन् ।

उनी आफु बन्ने पक्का भएको भन्दै ढुक्क भएर बसेका छन् । तर उनलाई उछिन्न उनीभन्दा पछिका डिआईजी प्रकाश अर्याल, जयबहादुर चन्द नम्वरमा रहेका वमबहादुर भण्डारी शक्तिकेन्द्रको लविङमा लागेका छन् ।

वरियतामा अर्याल दोस्रोमा, चन्द तेस्रोमा र भण्डारी चौथो नम्बरमा छन् । सिलवाल पछि दोस्रो बरियताका ट्राफिक प्रमुख अर्याल रहेपछि उनीभन्दा बलियो सम्भावना चन्दको रहेको छ । कांग्रेसको गृह मन्त्रालय र कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको वेला आफु आईजिपी वन्ने दावी गर्दै डिआईजी चन्द आईजिपी वन्न सवैभन्दा वढी दौडधुपमा छन् ।

सभापति देउवाको क्षेत्रको पनि भएको कांग्रेस पनि भएकाले आफ्नो दावी हक लाग्ने उनले बताउने गरेको उनी निकटका एक प्रहरी अधिकारीले जानकारी दिए । अर्याल यसअघि सुडान घोटाला काण्डमा पनि जोडिएकाले उनलाई कमजोर बनाउन भ्रष्टाचारको मुुद्दा जोडिएको छ । डिआईजी चन्द सोमबार नै नयाँ दिल्ली लागेका छन् ।

उनले भारतीय राजनीतिक दलका नेताहरुसँग समेत छलफल गर्ने स्रोतले जनाएको छ । चार दिन विदा स्वीकृत गराएर उनी दिल्ली गएको र आइजीपी बन्ने लबिङमा लागेको स्रोतले बतायो । प्रकाश अर्याल र भण्डारी पनि आफ्नो हिसावले लविङमा लागेका छन् ।

भण्डारी माओवादी केन्द्रका नेताहरुसँग भेटघाटमा रहेको स्रोतको दावी छ । अर्यालको म्याद सकिएपछि नेपाल प्रहरीले २५ औँँ आईजिपी पाउनेछ । केही बर्ष यता प्रहरीमा आइजीपी बन्नका लागि प्रहरी उच्च अधिकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । प्रहरी अधिकारीबीच अस्वस्थ प्रतिस्पर्धा चल्दा प्रहरी प्रशासनको चेन अफ कमाण्ड नै विग्रीएको छ ।

4451 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom