नेपाल प्रहरीमा विभिन्न रिक्त दरबन्दीमा ६ हजार बढीको भर्ना खुल्यो

सोमवार, अशोज १५, २०७५



काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेका विभिन्न पदका लागि भर्ना खोलेको छ । प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका पदहरुमा भर्ना आह्वान गरेको छ ।

प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तै खेलाडीको लागि कार्यालय सहयोगीतर्फ ३० जनालाई भर्ना गरिनेछ । दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७ हजारभन्दा बढी रिक्त दरबन्दीमा भर्नाको लागि आह्वान गरिएको हो ।

310 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank