प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल चीन प्रस्थान

सोमवार, चैत्र १२, २०७४



काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा प्रज्ञा–प्रतिष्ठानको ७ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।

चाइना फेडरेशन अफ लिटरेचर एन्ड आर्ट सर्कलको निमन्त्रणामा प्रज्ञा–प्रतिष्ठानको उक्त प्रतिनिधिमण्डल एक साता लामो चीन भ्रमणका लागि छेन्दु हुँदै बेइजिङ पुगेको छ ।

साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्ने सम्झौता अनुसार चीनको उक्त संस्थाले प्रज्ञा–प्रतिष्ठानलाई निमन्त्रणा गरेको हो । प्रतिष्ठानको निम्तोमा गत साल चीनको साहित्यिक प्रतिनिधिमण्डल नेपाल आएको थियो ।

प्रतिनिधिमण्डलले चीनका बेइजिङ, सांघाई, हानजाउ र उसी प्रान्तका लेखक तथा साहित्यकारसँग विमर्श गर्ने प्रतिनिधिमण्डलका नेता एवं कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।

उनका अनुसार प्रतिनिधिमण्डल अप्रिल १ का दिन काठमाडौँ फर्किने छ । प्रतिनिधिमण्डलमा कुलपति उप्रेती, सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ प्रा. दिनेशराज पन्त, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नर्मदेश्वरी सत्याल र प्रशासन उपप्रमुख विश्वास घिमिरे रहेका छन् ।

260 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank