मलेसियासँग सम्झौता लगत्तै मन्त्री विष्ट अप्ठयारोमा

शुक्रबार, कार्तिक १६, २०७५



काठमाडौ । नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र बैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको छ ।

मलेसियाले नेपालमा रहेको सं्रयन्त्रबारे समीक्षा भइरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ । नेपाल सरकारको असहमति रहँदारहँदै भिसा प्रक्रियाका लागि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठाउँदै आएको थियो ।

यसलाई ठगी भन्दै श्रम मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरेको थियो । श्रम सम्झौतामा मलेसियाले नेपाली कामदारले तिरिरहेको ती शुल्क रोजगारदाताले बेहोर्ने गरी सहमति गर्‍यो । ती संयन्त्रलाई यथावत राखेर काम गर्न दिने कि नदिने भन्ने द्विविधा सरकारसामु खडा भएको छ । -कान्तिपुर दैनिकबाट

393 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank