नेपालसंग प्रतिश्पर्धा गर्न केन्याको क्रिकेट टोली काठमाडौँमा

बिहिबार, फाल्गुन २६, २०७३



काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँग खेल्न थालेको केन्याको क्रिकेट टीम नेपाल आई पुगेको छ ।
आउँदो शनिवार र सोमवार किर्तिपूर क्रिकेट मैदानमा नेपाली टोलीसँग खेल्न लागेको केन्याका खेलाडी केहीबेर अघि काठमाडौं ओर्लिएका हुन् ।

उनीहरू भारतमा चारवटा अभ्यास खेल भारतमा खेलेर काठमाडौं आइपुगेका हुन् । नेपाली समुह पनि केही दिन देखि किर्तिपूरमा निरन्तर अभ्यासमा छ ।

खेलाडीरू विमानस्थलबाट सोझै सोल्टी होटलमा जाने कार्यक्रम रहेको छ । अंक तालिकामा दुई स्थान माथि रहेको केन्यालाई घरेलु मैदानमा हराउने नेपालको दाउ छ ।

यद्यपी केन्या नेपाल भन्दा बलियो समुह मानिन्छ । तर पछिल्ला वर्षहरूमा चाहिँ केन्याको खेल खासै राम्रो छैन । नेपाल र केन्याबीचको खेल हेर्न टिकट बिक्री गर्नै कार्य चलिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata