अब नेपालबाट उडेर सिधै जापान जान पाइने !

मङ्लबार, मंसिर ४, २०७५



काठमाडौं । अब नेपालबाट उडेर सिधै जापान जान पाइने भएको छ । नेपाल र जापानबीच सिधा हवाई उडानका लागि नेपाल सरकारले पहल सुरु गरेको छ ।  जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानी समकक्षी तारो कानोसँग भेटवार्ताका क्रममा सिधा हवाई सेवाका विषयमा छलफल गरेका छन् ।

भिजिट नेपाल २०२० लाई केन्द्रित गर्दै  मन्त्री ज्ञवालीले सिधा हवाई उडानका लागि प्रस्ताव गरो छन् । मन्त्री ज्ञवालीको प्रस्ताव जापानले स्वीकार गरेको छ ।

जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागी उत्साहित बनाउन जापान सरकारलाई मन्त्री ज्ञवालीले आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । आवश्यक सहयोगका लागि तयार रहेको जापानी मन्त्री कानोले प्रतिबद्धता जनाएका छन् ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank