नेपाल र जापानबीच श्रम सम्झौता ‘एमओसी’ मा हस्ताक्षर हुँदै

सोमवार, चैत्र ११, २०७५



काठमाडौं । नेपाल र जापानबीच सोमबार श्रम सम्झौता हुँदैछ । नेपाली श्रमिक जापानमा लैजानको लागि नेपाल र जापानका बीच श्रम सम्झौता ‘एमओसी’ मा हस्ताक्षर हुन लागेको हो ।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाल लगायतका नौ देशका श्रमिक लैजाने नीति लिएकोमा नेपालसँग श्रम सम्झौता गर्न थालेको हो । नेपाली कामदार लैजाने प्रक्रिया र मापदण्ड भने विषय सम्झौतापछि मात्रै टूंगो लाग्ने श्रम मन्त्रालयले जनाएकाे छ ।

जापानले नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा काम गर्न दिने तयारी गरेको छ । जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएको छ । ती मध्य नेपाली कामदार कति हुने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata