एनआईबिएल क्यापिटल मार्केट्स लि.र एस क्यापिटल लि.एक आपसमा गाभिँदै

शुक्रबार, कार्तिक २४, २०७४

loading...


काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. एक आपसमा गाभिने (मर्जर) भएका छन् । एनआईबिएल क्यापिटल मार्केट्स लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटल लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले यी दुई कम्पनी एक आपसमा गाभिने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एस क्यापिटल लि. को मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लि.लाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्राप्ती गरी नेपालइन्भेष्टमेण्ट बैंक लि.मा समाहित भएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. दुवै संस्थाहरु हाल नेपालइन्भेष्टमेण्ट बैंक लि.को शतप्रतिशतलगानी रहेको सहायक कम्पनीहरु हुनगएको र नेपालधितोपत्रबोर्डको निती निर्देशनले समेत एकै मुख्यकम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु÷गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमागाभ्ने÷गाभिने सम्झौता गरिएको बैंकले जनाएको छ । यी दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुग्नेछ ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv