सुदूरपश्चिमका सम्पूर्ण नेपाल भारत नाका ३ दिन बन्द

शनिबार, चैत्र २३, २०७५



बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्ष बैठकले उक्त निर्णय गरेको हो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata