सन्धि र सीमाबारे यसरी भयो सहमति

आइतवार, असार १७, २०७५



काठमाडौं । एउटै पक्ष भएर छलफल गर्ने भनिए पनि इपिजीमा नेपाल र भारत पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे गत चैतसम्म साझा धारणा बन्न सकेको थिएन । २९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा यी दुवै विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । इपिजीको नेपाल पक्षले १९५० को सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने प्रस्ताव राखेको थियो ।

यो विषयमा नवौँ बैठकमा सहमति जुटेको छ । सन्धिका हतियार खरिदसम्बन्धी प्रावधान रहेको धारा ५ र दुवै देशले एक–अर्काका नागरिकलाई राष्ट्रिय व्यवहार गर्ने भन्ने धारा ६ तथा दुवै देशका जनतालाई सहज आवतजावत सुनिश्चित हुने गरी सीमा नियमन गर्ने विषयमा पनि सहमति जुटेको बताइएको छ ।

हतियार खरिदका सम्बन्धमा भारतीय पक्षले लचकता जनाएपछि सहमति जुटेको बैठक स्रोतले बतायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणमा पारवहन सन्धि नवीकरण गर्ने सहमति भइसकेको छ । नयाँपत्रिकाबाट

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank