‘नेपाल-भारत सम्बन्धमा नयाँ मोड’

शनिबार, असार १६, २०७५



काठमाडौं । नेपाल र भारतबीचको विवादित १९५० को सन्धि संसोधन हुने भएको छ । १९५० को सन्धि सहित अन्य दुई पक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह ईपीजीले नेपाल भारतको सम्बन्धलाई नयाँ मोड दिनेगरि काम सकेको छ । शनिवार आफ्नो काम पूरा गर्दै साझा प्रतिवेदन तयार गरेको छ ।

दुई वर्षअघि गठित उक्त समूहको काठमान्डूमा सम्पन्न नवौं तथा अन्तिम बैठकबाट साझा प्रतिवेदन तयार पारिएको र त्यसलाई छिट्टै दुवै देशका प्रधानमन्त्रीहरूलाई बुझाइने छ।

समूहका सदस्यहरूले सिफारिस कार्यान्वयन भए त्यसले दुई देशको सम्बन्धमा नयाँ मोड ल्याउने बताएका छन् । साझा प्रतिवेदनमा कस्ता सुझाव दिइएका छन् भन्नेबारे दुवै पक्षले विस्तृत खुलाएका छैनन्।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank