भाग्यमानी १०१ वर्षकी भगवती भण्डारी

सोमवार, मंसिर ३, २०७५

काठमाडौं । १०१ वर्षकी भगवती भण्डारी परिचयपत्र पाउने पहिलो नागरिक बनेकी छन् । गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई नेपालको पहिलो राष्ट्रिय परिचयपत्र दिएका छन् । पाँचथरको फिदिम पुगेर विशेष समारोहबाट उनलाई पहिलो नागरिकका रुपमा राष्ट्रिय परिचयपत्र दिइएको हो । आजबाट परिचयपत्र वितरण कार्यक्रमको सुरुवात भएको छ । फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीय भगवती भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र वितरण गरेर नेपालको परिचयपत्र वितरणको थालनी गरेका हुन् ।

आफूले परिचयपत्र पाएपछि भण्डारीले गृहमन्त्री थापालाई पनि परिचय पत्र दिइन । गएको असार ५ गतेबाट पाँचथरमा सुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन पनि भण्डारीबाटै सुरु गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank