आइसीसी महिला विश्वकप छनौंटमा नेपालको तेस्रो जित

आइतवार, फाल्गुन १२, २०७५



काठमाडौं । आइसीसी महिला विश्वकप छनौंटमा नेपालको तेस्रो जित भएको छ । नेपाल र हङकङबीच भएको आजको खेलमा नेपालले हङकङलार्ई चार विकेटले पराजित गरेको छ ।
प्रतियोगिता अन्तरगत १५ औं म्याचमा हङकङ महिला क्रिकेट टिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएका थिए ।

नारी थापाको घातक बलिङले हङकङलाई ६२ रनमा घुँडा टेकाउँदा ६ विकेट उनको खातामा परेको थियो ।  ४ ओभर बलिङ गर्दै केबल एक चौका खर्चेर १९ डटबल फ्याँकेकी नारीले प्रति ओभर २ रनको किफायती बलिङ नेपालको जितको लागि बरदान सावित भयो । ६३ रनको चुनोती पछ्याउन मैदान ओर्लेको नेपाल २.५ ओभरमा ६ रन जोड्दै गर्दा दुई खेलाडी गुमाउन पुग्यो ।

अप्सरा बेगम र एस मगरको सुझबुझ पुर्ण ब्याटिङको मद्धतले नेपाल जितको नजिक पुग्न सफल भयो । एस मगर र नारी थापा अविजित रहँदै १८.३ ओभरमा नेपालले तेस्रो जित आफ्नो पोल्टामा राख्न सफल भयो । प्लेयर अफ दि म्याच चुनिएकी नारी थापा नेपालकाे जितकाे प्रमुख हिस्सेदार बन्न पुगिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata