यातायात समिति तथा महासंघका पदाधिकारीको सम्पत्ति छानविन गर्ने सरकारको निर्णय

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौँ । सरकारले यातायात समिति तथा महासंघका पदाधिकारीहरूको सम्पत्ति छानविन गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले विवरण लिइ सो विवरण सम्पत्ति शुद्धीकरण विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको छ ।

सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने गृह मन्त्रालयले जनाएको छ । यसैबीच, यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण संकलन गरेर सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउने निर्णय गरेको छ । विभागले यातायात सेवा सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघकाले शुक्रबारदेखि अनिश्चितकालिन आमहडतालको आह्वान गरेको हो । जसका कारण शुक्रबार सार्वजनिक यातायातका साधन निकै कम मात्र चले ।

एउटा सवारी पनि कम्पनीकारुपमा दर्ता हुने
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघवीर महाशेठले यातायात कम्पनीकारुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी गराएका थिए । कम्पनीमा दर्ता हुन कम्तीमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनी चर्चामा आए पनि सरकारले एउटा सवारीलाई पनि कम्पनीका रुपमा दर्ता गर्ने निर्णय भइसकेकोे उनले बताए ।

बैठकमा गृहमन्त्री थापा र यातायातमन्त्री महाशेठले व्यवसायीको बीमालगायतका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापाले यातायात सञ्चालन नगर्ने यातायात समितिलाई कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

यो पनि पढ्नुस 

भौतिक पूर्वाधार तया यातायातमन्त्रीको अठोटः सिण्डिकेट तोड्छौँ, पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस्

सिण्डिकेट लाद्न आमहडताल गर्ने महासंघका महासचिव सिटौला पक्राउ

 

81 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank