नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गर्न असफल

बुधबार, भदौ २७, २०७५



काठमाडौं । नेपालको साफ च्याम्पियनसिप फुटबलको यात्रा यसपटक पनि असफल भएको छ । नेपाल च्याम्पियनसीप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको हो । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३ ० ले हरायो । माल्दिभ्सले दुई गोल अन्तिम अवस्थामा गरेको छ । नेपालले थुप्रै पटक गोल गर्ने अवसर गुमाएको थियो ।

माल्दिभ्सले पहिलो खेल नवौं मिनेटमा गरेको थियो । खेलको ८३ औं र ८६ औं मिनेटमा बाँकी दुई गोल थपेको थियो । साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको थियो ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank