आपतकालिन समस्यामा परे सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

सोमवार, बैशाख ८, २०७७



काठमाडौँ । विश्वमा महामारी रूपमा अघि बढिरहेको कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकहरूले लकडाउन जारी राखेका छन् ।

भारत सरकारले पटक पटक लकडाउनको म्याद थप गर्दै मे ३ अर्थात् वैशाख २१ गते सम्मका लागि पूर्ण रूपमा लकडाउन अपनाएको छ । लकडाउनका कारण भारतमा रहेका मजदुर वर्गहरू बढी समस्यामा देखा परेका छन् । सोही समस्यालार्इ मध्यनजर गर्दै भारत स्थित नेपाली राजदूतावासले अप्ठ्यारोमा परेका नेपालीहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

भारतीय दूतावासले एक सूचना जारी गर्दै बिदाको दिनमा समेत आपतकालिन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ ।

भारत स्थित नेपाली राजदूतावासले जारी गरेकाे सूचना

nepal ema

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments