भूकम्प र चार वर्ष

बिहिबार, बैशाख १२, २०७६



काठमाडौं । २०७२ वैशाख १२ गतेको अपरान्ह अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए शक्तिशाली भूकम्प गयो । सो भूकम्प र त्यसपछिका निरन्तर पराकम्पले सर्वसाधारणको ८ लाख २४ हजार ४ सय ५२ घर भत्कायो  । मान्छे त्राहि माम बने । देश शोकमा डुब्यो । सरकारी अनुदान र भूकम्प प्रतिरोधी संरचना बनाउनै पर्ने भवन संहिता कडाइका साथ लागू पनि गरियो । यद्दपी ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवार घर बनाएर घरभित्र पसिसकेका तथ्यांक बाहिरिएको छ । २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणको क्रममा छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणकाे आँकडा हेर्ने हाे भने हालसम्ममा ५० प्रतिशतमात्रै आवासीय भवन निर्माण सम्पन्न भएका छन्। २५ प्रतिशत भवन निर्माणाधीन छन् भने अझै २५ प्रतिशत आवासीय भवन निर्माणको कुनै सुरसार छैन। २ लाख १२ हजारभन्दा बढी घरकाे निर्माण सुरु हुन सकेकाे छैन।

भुकम्पले भुइँमा झारिदिएको नागरिकको मनोबल उठाउन सरकार प्रयासरत रह्यो । तर पनि भूकम्पका कारण जमिनमा क्षति पुगेपछि बस्न नहुने भएका, सरकारी अनुदान प्राप्त गर्न नसकेका एवं विस्थापितहरुको  दैनिकी अझै पनि समस्याग्रस्त नै छ।

यस्तैमा हिजो (बुधबार) बिहान  पुनः भूकम्पका दुइ परकम्प आए । बुधबार बिहान ६ बजेर २९ मिनेटमा धादिङलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गयो । त्यसको ११ मिनेटपछि ४ दशमलव ३ रेक्टर स्केलको अर्को परकम्प गयो । यो भूकम्प पनि २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको परकम्प  भएको भूकम्पविद्ले बताएका छन् ।

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्र:

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच सङ्घर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ ।

चार वर्षमा ४५ हजार परकम्प:

२०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था युएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्युड भनेको छ ।

चार वर्षका बीचमा कुनै महिना दिनहुँजसो र धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्पन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजार परकम्प आएका छन् ।  भूकम्पविद्हरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर परकम्पन हुन् ।

चार वर्षका बीचमा कुनै महिना दिनहुँजसो र धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्पन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चार वर्षमा गएका भूकम्प र परकम्पन:
४ रेक्टरभन्दा तल ४६ हजार ६२६
४ देखि ५ रेक्टर एक हजार ४७
५ देखि ६ रेक्टर १३५
६ देखि ६.५ रेक्टर ६
७ रेक्टरभन्दा माथि
(गोरखा भूकम्प) १
स्रोत : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

भूकम्प मापन  यन्त्र:

नेपालमा भूकम्प मापन गर्ने यन्त्रको जडान फ्रान्स सरकारको सहयोगमा सन् १९७८ बाट सुरु भएको हो । गोरखा भूकम्पछि जापानी संस्था जाइकाले आठवटा भूकम्प मापन गर्ने यन्त्र उपलब्ध गराएको छ र त्यो जडान भइसकेको छ । त्यसपछि चीन सरकारले १० वटा दिएको छ र त्यसलाई नेपालको उत्तर क्षेत्रमा आठवटा स्थापना गरिएको छ र दुईवटा जडान हुँदैछन् । ती यन्त्रमा प्राप्त नतिजा भूउपग्रहमार्फत आउँछ । अन्य दुईवटा यन्त्रलाई तराई क्षेत्रमा जडान गरिने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank