१२२ नागरिक लिन चिनियाँ चार्टर्ड विमान आउँदै

बुधबार, पुस २३, २०७६



काठमाडौं ।  काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेका १ सय २२ जना चिनियाँ नागरिक लिन भोलि (बुधबार) चीनले आफ्नै चार्टर्ड विमान ल्याउने भएको छ ।

 गत शनिबार पक्राउ परेका उनीहरूमाथि नेपालमा बसेर विभिन्न अपराध गरेको अभियोग थियो । पक्राउ लगत्तै प्रहरीले उनीहरूमाथि दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो । तर, अभियोग पुष्टि नभएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार १ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

रिहाइलगत्तै प्रहरीले उनीहरूलाई नेपालको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पुनः पक्राउ गरेको थियो । उनीहरू अध्यागमनकै थुनामा रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अशोक सिंहले जानकारी दिए ।

अध्यागमन स्रोतका अनुसार पक्राउ परेका कतिपय चिनियाँ नगरिकसँग पासपोर्टसमेत छैन । पासपोर्ट भएकाको समेत ओभरस्टे भएका कारण उनीहरूलाई बुधबार देश निकाला गर्ने तयारी छ ।

अध्यागनले त्रिभुवन विमानस्थलमा छोडेलगत्तै उनीहरूलाई चीनले चार्टर्ड विमानमार्फत लैजाने भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments