नेपाललाई सुरुवाती सफलता, सोमपालले लिए ३ बलमै विकेट (लाइभ स्कोरसहित)

आइतवार, माघ २८, २०७४



काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा आइतबार यूएईको सामना गरिरहेको छ । यूएईसँगको खेलका लागि टस जितेर फिल्ड रोजेको नेपालले सुरुवाती सफलता प्राप्त गरेको छ । नेपालले ३ बलमै एक विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट सोमपाल कामीले लिएका हुन् ।

पानी परेर मैदान भिजेका कारण खेल ३४ ओभरमा घटाइएको छ । नामिबिया भइरहेको प्रतियोगितामा नेपाल र यूएई दुवैले एक खेल जितेका छन् भने एक खेलमा हार बेहोरेका छन् ।

यहाँ क्लिक गरेर लाइभस्कोर हेर्नुहोस् 

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank