ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा चीनलाई गरेको प्रस्ताव दोस्रो पटकमा सहमति, भारतसँगको एकाधिकार तोडियो

शुक्रबार, भदौ २२, २०७५

- भगवान खड्का



काठमाडौं । नेपाललाई चीनसँगको ब्यापार सहज हुने भएको छ । नेपालले चीनसामू गरेका प्रस्ताव दुई बर्षपछि चीन सहमत भएपछि नेपाललाई ब्यापारमा सहज हुने भएको छ । चिनियाँ बन्दरगाह प्रयोगका लागि नेपाल र चीनबीच सहमति जुटे चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको बाटो खुला भएको छ । तेस्रो मुलुकसँग व्यापारका लागि तीन बन्दरगाह प्रयोग गर्न नेपालले गरेका प्रस्तावमा चीनले सहमति जनाएको छ ।

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको राजधानीमा बसेको तेस्रो बैठकले सहमति गरेको हो । बैठक गएराती सकिएको छ । चिनियाँ बन्दरगाह र ढुवानी रुटको प्रयोग अनुमतिसँगै तेस्रो मुलुकसँग व्यापारका लागि नेपालको भारतीय भूमिको निर्भरता घट्नेछ ।

चिनियाँ बन्दरगाह प्रयोगपछि जापान, कोरियाजस्ता देशमा हुने व्यापार सस्तो पर्ने नेपाली पक्षको विश्वास छ ।बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता छ भने चीनका तर्फबाट यातायात मन्त्रालय अन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा गरिएको प्रस्तावमा दोस्रो पटकमा चीनले सहमति जनाएको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो । जसले एक अर्को देशलाई तेस्रो देशसँग ब्यापारका लागि आफ्नो भूमि प्रयोग गर्न दिन्छ । नेपालको तेस्रो मुलुकबाट हुने आयात निर्यात अहिले भारतमा निर्भर छ । बंगलादेशसँग परावहन सम्झौता भएपनि उपयोगहीन छ । अब भारतसँगको एकाधिरका तोडिएको छ ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank